धनगढीमाथि विराटनगरको शानदार जित

प्रज्जवल थापा । विराटनगर सिटी फूटबल क्लबले नेपाललमा पहिलो पटक आयोजना भएको खुकुरी नेपाल सुपर लिग(एनएसएल) मा सुखद शुरुवात गरेको छ । आइतबार दिउँसो भएको खेलमा धनगढी फूटबल क्लबमाथि ३–० गोलको शानदार जित निकाल्दै धनगढीले लिगमा सुखद सुरुवात गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा विराटनगरलाई जित दिलाउन बिक्रम धिमाल, अदेलाजा ओलुवावुन्मी र सन्तोष तामाङले एक÷एक गोल गरे । विराटनगरले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो । पहिलो हाफको १५ औं मिनेटमा बिक्रमले गोल गर्दै विराटनगरलाई खेलमा अगाडि बढाएका थिए ।

५७ औं मिनेटमा अदेलाजाले गोल गर्दै विराटनगरको अग्रता दोब्बर बनाए । यस्तै ६९ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै विराटनगरलाई ३–० गोलको शानदार जित दिलाए । जितसँगै विराटनगरले लिगमा अङ्कको खाता खोल्दै ३ अङ्क जोडेको छ । आजै हुने दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी भिड्दैछन् । दशरथ रंगशालामा हुने खेल ५ः३० बजे शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *