USAID

राजस्थानको दोस्रो जित, कलकता पराजित


प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) मा राजस्थान रोयल्सले दोस्रो जित निकालेको छ । शनिबार बेलुकी भएको खेलमा राजस्थानले कलकता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो ।

जितको लागि १ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको राजस्थानले १८.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ३४ रन बनाउदै लक्ष्य भेट्टायो । राजस्थानको लागि कप्तान सन्जु सामसनले सार्वधिक नटआउट ४२ रन जोडे । उनले ४१ बलमा २ चौका र १ छक्का प्रहार गरे ।

डेभिड मिल्लर २४ रनमा नटआउट रहे । उनले २३ बलमा ३ चौका प्रहार गरे । यस्तै शिभन डुबे र यशस्वी जैसवालले समान २२ रन जोडे ।

कलकताको लागि भरुन चक्रवर्तीले ४ ओभरमा ३२ रन जोडेर २ विकेट लिए । यस्तै शिभन मभी र प्रशिद्द कृष्णले १/१ विकेट लिए । यसअघि वानखेडे स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कलकताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३३ रन जोडेको थियो ।

कलकताको लागि राहुल त्रिपाठीले सार्वधिक ३६ रन जोडे । उनले २६ बलमा २ छक्का र १ चौका प्रहार गरे । यस्तै दिनेश कार्तिकले २४ बलमा ४ चौकाको मद्दतमा २५ रन जोड्दा नितेश रानाले २२ रनको योगदान गरे । कलकतालाई सस्तैमा समेट्न क्रिस मोरिसले ४ ओभरमा २३ रन दिएर ४ विकेट लिए । यस्तै जयदेव उनाड्कत, चेतन साकारिया र मुस्तफिजुर रहमानले १/१ विकेट लिए । जितसँगै राजस्थान ५ खेलमा ४ अङ्क जोड्दै तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पराजित कलकता २ अङ्कको साथ पुछारमा छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *