बेहुली लिन जान ठिक्क परेको दिनमै मलामी

काठमाडौँ । एकै दिन दिदी भाइकाे एउटै मण्डपबाट बिहे गर्ने गरी कपिलवस्तुको बाणगंगा नगरपालिका ४ जितपुरमा केसी परिवारको घरमा रमाइलो माहोल थियो । साँझ बत्तीको झिलिमिलीले चिटिक्क देखिएको थियो । बिहेको तयारी गर्दै टेण्ट लगाएर सजाइएको माहोलमा एकाएक मौनता छायो । शनिवार बिहान भव्य तयारीका साथ जन्ती जाने साइत थियो तर परिवारका सबै सदस्य अचानक मलामी जान काठमाडौंतर्फ लाग्नुपर्ने बाध्यता आयो ।

उनीहरु काठमाडौं हिँडेपछि बिहेको तयारी एकाएक रोकिएको छ । बिहे घरमा लगाइएको टेन्ट उतारिएको छ । जन्ती जानेका मनमा पीडा थपिएको छ । बिहेको रमाइलो माहोल सुरु हुन लाग्दा लाग्दै गर्दा कोरोना सङ्क्रमण भइ काठमाडौं उपचारमा रहेका घरको सदस्य काकाको मृत्यु भएपछि परिवार शोकमग्न भएको छ । वर्ष ५२ का मृतक जितपुरमा व्यवसाय गर्दै आएका थिए । दीर्घरोग र अन्य कुनै रोगको समस्या थिएन ।

स्थानीयका अनुसार केसी परिवारको घरमा ठूली छोरी र भाइको एक पटक बिहेको तयारी भएको थियो । कोरोना सङ्क्रमित रहेका काकाको स्वास्थ्य अवस्थामा सुधार नभएपछि छोरीलाई शुक्रवार राती नै विवाह गरी दिएका थिए । शनिवार छोराको जन्ती जाने कार्यक्रम थियो । तर बिहानै उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको खबरले जन्ती जानुअगाडि मृत्युको खवर आएपछि विवाहको काम रोकिएको समाचार गोरखापत्र दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *