३ आन्तरिक विमानस्थललाई एयरबस र बोइङ उड्नसक्ने बनाइँदै

काठमाडौँ । सरकारले तराईका ३ आन्तरिक विमानस्थललाई सानो एयरबस र बोइङ जहाज अवतरण गर्न सक्ने गरी विस्तार गर्ने योजना बनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर, नेपालगन्ज र धनगढी विमानस्थललाई विस्तार गरी साना एयरबस र बोइङ उडानयोग्य बनाउन लागेको हो ।

प्राधिकरणले तत्कालै विराटनगर र नेपालगन्ज विमानस्थलको टर्मिनल भवन निर्माणका लागि प्रक्रियासमेत अगाडि बढाएको छ । आन्तरिक विमानस्थललाई हब विमानस्थलका रूपमा विकास गर्न पाँच वर्षभित्र ८१ अर्बभन्दा बढी खर्च हुने अनुमान नेपाल नागरिक उड्डयन प्राधिकरणको छ ।

प्राधिकरणका अनुसार तराईका विमानस्थलहरूको धावनमार्ग ठूलो जहाजको भार थेग्न सक्ने कम्तीमा १२सेन्टिमिटर मोटाइको हुनेछ । त्यस्तै, सबै विमानस्थल सुविधासम्पन्न र रात्रिकालीन उडान गर्न योग्य बनाइनेछ ।

तराई क्षेत्रमा एयरलाइन्सहरूले प्रादेशिक उडान सुरु गरेकाले अब हब विमानस्थलका रूपमा विस्तार गर्नुको विकल्प नभएको नेपाल नागरिक उड्डयन प्राधिकरणको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयका निर्देशक प्रदीप अधिकारी बताउँछन् । पहाड र हिमाली भेगका विमानस्थलको धावनमार्ग पनि विस्तार गर्ने योजना प्राधिकरणको छ ।

सम्भव हुने हिमाली र पहाडी विमानस्थलमा कम्तीमा ४२ सिट क्षमताको एटिआर लैजान मिल्ने गरी विस्तार गरिने निर्देशक अधिकारीले जानकारी दिएकाे समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *