एनएसएलको उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी

प्रज्जवल थापा । नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग(एनएसएल) को उद्घाटन खेलमा काठमाडौं रेजर्स विजयी भएको छ । शनिबार त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको खेलमा काठमाडौंले ललितपुर सिटी फूटबल क्लबलाई १-० गोलले पराजित गरेको हो ।

काठमाडौंलाई जित दिलाउन विदेशी खेलाडी मेसौके ओलौमोउले एक गोल गरे । ओलौमोउले खेलको ६६ औं मिनेटमा गरेको गोल नै काठमाडौंको जितमा निर्णायक बन्यो ।

भोलि(आइतबार) हुने पहिलो खेलमा विराटनगर सिटी एफसीले धनगढी एफसीको सामना गर्नेछ । खेल दिउँसो २ः३० बजे खेल सुरु हुनेछ । यस्तै दोस्रो खेलमा लुम्बिनी एफसी र पोखरा थन्डर्स भिड्नेछन् । खेल बेलुकी ५ः३० बजे शुरु हुनेछ । दुवै खेल दशरथ रंगशालामा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग वैशाख ११ देखि २५ गतेसम्म सञ्चालन हुनेछ । सात टोलीको सहभागिता रहने लिग सिङ्गल राउण्ड रोबिनको आधारमा खेलाइनेछ । लिगमा कुल २५ खेल हुनेछ ।

फ्रेन्चाइज टिमहरुमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब र धनगढी फुटबल क्लब रहेका छन् । प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *