पूर्वराजदम्पती अस्पताल भर्ना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वराजनी कोम अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भई निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

पूर्वराजाका संवाद सचिव फणि पाठकले स्वास्थ्यमा समस्या आएपछि पूर्वराजदम्पतीलाई शनिबार दिउँसो नर्भिक अस्तालत भर्ना गरिएको जानकारी दिए । यस्तै पूर्वअधिराजकुमारी प्रेरणाा पनि अस्पताल भर्ना भएकी छिन् । अस्पतालका अनुसार तीनैजनाको अवस्था स्थिर र सामान्य रहेको छ । भारतको हरिद्वारमा शाही स्नान गरी फर्किएपछि उनीहरुलाई वैशाख ७ गतेसंक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *