USAID

अमेरिका र टर्कीका राष्ट्रपतिबीच फोनवार्ता


अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानबीच शुक्रबार फोनवार्ता भएको छ । वार्ताका क्रममा उनीहरु एक अर्काको बीचमा व्यापक सहमति निर्माण गरी आगामी दिनमा सहमति र सहकार्यका साथ अघि बढ्ने सहमति भएको बताइएको छ ।

उनीहरुले पछिल्लो समयमा विकसिक विश्व राजनीतिका साथै कोभिडका कारण उत्पन्न विश्वव्यापी असहज परिस्थितिका विषयमा पनि कुराकानी गरेका थिए । उनीहरुले पछिल्लो समयमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा पनि कुराकानी गरेका थिए । उनीहरुबीच आगामी जुन महिनामा द्धिपक्षीय भेटवार्ता हुने भएको बताइएको छ ।

आगामी जुन महिनामा बेल्जियमको ब्रसेल्समा नेटो राष्ट्रका नेताहरुको सम्मेलन हुने भएको छ । सोही सम्मेलनका क्रममा उनीहरुबीच भेटवार्ता हुने बताइएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *