साङ्घाईको एक कारखानामा आगलागी हुँदा आठ जनाको मृत्यु

साङ्घाईमा एक कारखानामा आगलागीमा परी दुईजना अग्नि नियन्त्रकसहित आठ जनाको मृत्यु भएको छ । विशेषगरी इलेक्ट्रोनिक सामान उत्पादन गर्ने यस कारखानामा स्थानीय समयानुसार बिहीबार दिउँसो १ः३० बजे आगलागी शुरु भएको बताइएको छ ।

स्थानीय समयानुसार शुक्रबार बिहान ६ः२० बजे आगो निभाएको जिल्ला सरकारको सूचना कार्यालयले जनाएको छ । आगलागीमा परेर ज्यान गुमाएका आठ जनाको शव भेटिएको बताइएको छ । वरपरको वातावरण र पानी प्रदूषित नभएको प्रारम्भिक छानबिनले सुझाव समितिले बताएको जनाइएको छ । आगलागीको कारणका बारेमा थप अनुसन्धान भइरहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *