USAID

युभेन्टसको महत्त्वपूर्ण जित

  • 839
    Shares

प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा साविक विजेता युभेन्टसले महत्त्वपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा युभेन्टसले पार्मालाई ३-१ गोल अन्तरले पराजित गर्दै लिग जित्ने आशा जिवितै राखेको हो ।

घरेलु मैदान एल्लिनाज रंगशालामा भएको खेलमा युभेन्टसलाई जित दिलाउन एलेक्स सान्ड्रोले दुई र मेथिस डि लाइटले एक गोल गरे । पार्माको लागि गास्टन ब्रुगम्यानले एक गोल गरे । खेलमा अग्रता भने पाहुना टोलीले लिएको थियो । पहिलो हाफको २५ औं मिनेटमा ब्रुगम्यानले गोल गर्दै पार्मालाई खेलमा अगाडि बढाएका थिए ।

४३ औं मिनेटमा डि लाइटको पासमा सान्ड्रोले गोल गर्दै युभेन्टसलाई बराबरीमा ल्याए । दोस्रो हाफको दोस्रो मिनेटमै कौड्राडोको पासमा सान्ड्रोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । ६८ औं मिनेटमा कौड्राडोको पासमा डि लाइटले गोल गर्दै युभेन्टसलाई ३-१ गोलको जित दिलाए ।

जितसँगै युभेन्टस ३२ खेलबाट ६५ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ७६ अङ्क जोडेको इन्टर मिलान शिर्ष स्थानमा रहेको छ ।


  • 839
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *