USAID

काडिजलाई पराजित गर्दै रियल म्याड्रिड शिर्ष स्थानमा

  • 267
    Shares

प्रज्जवल थापा । साविक विजेता रियल म्याड्रिड स्पेनिस लिग ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा म्याड्रिडले काडिजलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

म्याड्रिडलाई जित दिलाउन करिम बेन्जिमा दुई र अल्भारो ओर्डोजोलाले एक गोल गरे । म्याड्रिडले सबै गोल पहिलो हाफमा गरेको हो । पहिलो हाफको ३० औं मिनेटमा करिम बेन्जिमाले पेनाल्टीमा गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । ३३ औं मिनेटमा बेन्जिमाको पासमा ओर्डिजोलाले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे ।

४० औं मिनेटमा कासेमिरोको पासमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दै म्याड्रिडलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा रियल म्याड्रिड ३-० गोलले विजयी भएको हो । जितसँगै म्याड्रिड ३२ खेलबाट ७० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा उक्लिएको छ । एक खेक कम खेलेको एथ्लेटिको म्याड्रिड समान अङ्कको साथ दोस्रो स्थानमा छ ।


  • 267
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *