ब्राजिलमा अर्को चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति

ब्राजिलले दोस्रो चिनियाँ खोपलाई क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ । ब्राजिलको स्वास्थ्य अनुगमन ब्युरोले बुधबार दिएको जानकारी अनुसार गत १६ तारिख चीन क्लोभर बायोफार्मास्यूटिकल्सद्वारा अनुसन्धान गरिएको कोभिड–१९ विरूद्धको खोपलाई ब्राजिलमा दोस्रो र तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको छ ।

यो ब्राजिलमा क्लिनिकल परीक्षण गर्न अनुमति प्राप्त गरेको दोस्रो किसिमको चिनियाँ कोभिड खोप हो । गत वर्षको जुलाई महिनामा चीनको सिनोभ्याक्सद्वारा अनुसन्धान गरिएको कोभिडविरूद्धको खोप ब्राजिलमा तेस्रो चरणको क्लिनिकल परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *