नेदरल्याण्ड्सलाई नेपालको विशाल लक्ष्य

प्रज्जवल थापा । कीर्तिपुरमा जारी त्रिकोणात्मक टि-२० आई सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गर्न उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय ६ रन जोडेको हो । नेपालको लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल र उपकप्तान दिपेन्द्र सिंह एरिले अर्धशतक पूरा गरे । यसै प्रतियोगितामार्फत नेपाली टोलीको लागि डेब्यु गरेका कुशल विश्व क्रिकेटमा लगातार तेस्रो खेलमा अर्धसतक पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । कुशलले ४६ बलमा ८ चौका र १ छक्काको मद्दतमा ६२ रन जोडे ।

उपकप्तान दिपेन्द्र सिंह एरिले ३० बलमा ५ छक्का र ३ चौकाको मद्दतमा आक्रमक ६० रन जोडे । यस्तै सोमपाल कामीले २१, कप्तान ज्ञानेन्द्र मल्लले २०, कुशल मल्लले १८ रनको योगदान गरे । कुशलले ७ बलमा ३ चौका प्रहार गरे ।

नेदरल्याण्ड्सको लागि पिटर सेलारले ४ ओभरमा ३७ रन जोडेर २ विकेट लिए । भिभिन किङ्माले ४ ओभरमा ४४ रन दिएर २ विकेट लिँदा बास डे लेन्डे र आर्यन दत्तले १/१ विकेट लिए । दोस्रो इनिङ्स केहि बेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *