USAID

सात जना नक्कली डाक्टर पक्राउ


काठमाडौं । एसएलसीको नक्कली प्रमाणपत्र बनाएर चिकित्सा शिक्षा अध्ययन गरेर डाक्टर बनेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले विराटनगरबाट दुईजना, रुकुमबाट एकजना, जनकपुरबाट एकजना र काठमाडौंबाट तीनजनालाई पक्राउ गरेको हो । उनीहरुमाथि एसएलसीको शैक्षिक योग्यताको प्रमाणपत्र किर्ते गरेको आरोप लगाइएको छ ।

पक्राउ पर्नेहरुमा विराटनगर न्युरो हस्पिटलमा कार्यरत डाक्टर मोहम्मद सिद्धिकी, दीघार्यु अस्पतालका मोहम्मद शाहिद राजा, जनकपुर चिल्ड्रेन अस्पतालका सुभाषप्रसाद साह, मिसन अस्पताल रुकुम पश्चिममा कार्यरत दीपेन्द्र गौतम छन् । यस्तै विराटनगरबाट अखिलेस कुमार देव, काठमाडौंबाट पल्लवी सिंह, सानेपाबाट फराज हुसेन खाँ पक्राउ परेका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *