संसदको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार दिउँसो १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् ।

त्यसअघि सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो ।

प्रतिनिधिसभाको अधिवेशन शुरू भएको डेढ महिनासम्म पनि संसदले कुनै बिजनेश अघि बढाउन नसकेपछि अधिवेशन अन्त्य गर्न सरकारमाथि दवाव बढेको थियो । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ ।

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

Leave a Reply

Your email address will not be published. Required fields are marked *