USAID

संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं । सरकारले संसद् हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले आज दिउँसो १ बजेबाट अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते विघटन गरेको संसद् सर्वोच्च अदालतले फागुन ११ गते पुनःस्थापित गरिदिएको थियो ।

प्रतिनिधिसभाको अधिवेशन शुरू भएको डेढ महिनासम्म पनि संसदले कुनै बिजनेश अघि बढाउन नसकेपछि अधिवेशन अन्त्य गर्न सरकारमाथि दवाव बढेको थियो । हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुनेछ । जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्यको निर्णय गरिएको हो ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *