USAID

किर्तिपुरमा आज नेपाल र मलेसिया भिड्दै


प्रज्जवल थापा । त्रिकोणात्मक टि-२० आई सिरिजमा आज नेपाल र मलेसिया भिड्दैछन् । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने खेल दिउँसो १:१५ भने शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जितको खोजीमा हुनेछन् । पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज हुने खेलमापनि सोही लयलाई निरन्तरता दिन चाहन्छ ।

यता मलेसिया भने सिरिजमा पहिलो जितको खोजीमा हुनेछ । मलेसियाले हिजो(आइतबार) भएको खेलमा नेदरल्याण्ड्ससँग १५ रनको हार बेहोरेको थियो । त्यसैले प्रतियोगितामा अण्डर डग मानिएको मलेसिया आज हुने खेलमा सकरात्मक नतिजा निकाल्न चाहन्छ ।

दुई टोलीबीच भएको पछिल्लो भेटमा मलेसिया २२ रनले विजयी भएको थियो ।

खेलको प्रत्क्षय प्रसारण आज हिमालय टेलिभिजनले गर्नेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *