एटलान्टासँग युभेन्टस पराजित

प्रज्जवल थापा । सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्टसले हार बेहोरेको छ । इटालियन लिग सिरि ए अन्तर्गत भएको खेलमा साविक विजेता युभेन्टस एटलान्टासँग १-० गोलले स्तब्ध बनेको हो ।

घरेलुु मैदान गेविस रंगशालामा भएको खेलमा एटलान्टालाई जित दिलाउन रुस्लान मालिनोभ्सकीले निर्णायक गोल गरे । वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मालिनोभ्सकीले खेलको ८७ औं मिनेटमा गोल गरेका हुन् । यस सिजन युभेन्टसले रोनाल्डोबिना सिरि ए मा जित निकाल्न सकेको छैन ।

जितसँगै एटलान्टा ३१ खेलबाट ६४ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा उक्लिएको छ । पराजित युभेन्टसलाई भने उपाधि रक्षामा ठूलो धक्का लागेको छ । हारसँगै लिगको चौथो स्थानमा झरेको युभेन्टसको ३१ खेलबाट ६२ अङ्क रहेको छ । एक खेल कम खेल्दै शिर्ष स्थानमा रहेको इन्टर मिलानको ७४ अङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *