म्याक्सवेल र डि भिल्लियर्सको उत्कृष्ट प्रदर्शनमा बैंगलोरको लगातार तेस्रो जित

प्रज्जवल थापा । ग्लेन म्याक्सवेल र एबी डि भिल्लियर्सले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार तेस्रो जित निकालेको छ । आइतबार दिउँसो भएको खेलमा बैंगलोरले कोलकता नाइट राइडर्सलाई ३८ रनले पराजित गरेको हो ।

जितको लागि २ सय ५ रनको लक्ष्य पछ्याएको कोलकताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६६ रनमात्र बनाउन सक्यो । कोलकताको लागि आन्द्रे रसेलले सार्वधिक ३१ रन जोडे । उनले २० बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै इयोन मोर्गानले २९, सकिब अल हसनले २६, राहुल त्रिपाठीले २५, नितेश रानाले १८ रन जोडेपनि जितको लागि पर्याप्त रहेन ।

बैंगलोरको लागि क्यले जेमिसनले ३ ओभरमा ४१ रन खर्चिदै ३ विकेट लिए । हर्सल पटेलले ४ ओभरमा १७ र दिएर २ विकेट लिए । यस्तै युजवेन्द्र चहालले ४ ओभरमा ३४ रन दिएर २ विकेट लिँदा वासिङ्टन सुन्दरले एक विकेट लिए ।

यसअघि चेन्नईमा भएको खेलमा बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रन जोडेको थियो । एक समय ९–२ को अवस्थामा रहेको बैंगलोरलाई म्याक्सवेल र डि भिल्लियर्सले उकासेका थिए । ११.१ ओभरमा पडिक्कल २५ रनमा आउट भएपछि ब्याटिङ गर्न आएका भिल्लियर्सले आक्रमक इनिङ्स खेले ।

भिल्लियर्सले ३४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७६ रन जोडे । यसअघि ग्लेन म्याक्सवेल ७८ रनमा आउट हुँदै पभिलियन फर्किएका थिए । उनले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै क्यले जेमिसनले ११, विराट कोहलीले ५ र राजत पडिक्कलले एक रनको योगदान गरे ।

कोलकताको लागि वरुन चक्रवतीले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चेर २ विकेट लिए । यस्तै प्याट कमिङ्स र प्रसिद्व कृष्णको नाममा एक÷एक विकेट रह्यो । जितसँगै बैंगलोर ३ खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित कोलकता २ अङ्कको साथ छैटौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *