USAID

कोलकतालाई बैंगलोरद्वारा विशाल विजयी लक्ष्य प्रस्तुत


प्रज्जवल थापा । ग्लेन म्याक्सवेल र एबी डि भिल्लियर्सको शानदार अर्धशतकको मद्दतमा रोयल च्यालेन्जर्स बैंगलोरले कोलकता नाईट राइडर्सलाई २ सय ५ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

चेन्नईमा जारी खेलमा बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रन जोडेको हो । एक समय ९-२ को अवस्थामा रहेको बैंगलोरलाई  म्याक्सवेल र डि भिल्लियर्सले उकासेका हुन् । ११.१ ओभरमा पडिक्कल २५ रनमा आउट भएपछि ब्याटिङ गर्न आएका भिल्लियर्सले आक्रमक इनिङ्स खेले ।

भिल्लियर्सले ३४ बलमा ९ चौका र ३ छक्काको मद्दतमा ७६ रन जोडे । यसअघि ग्लेन म्याक्सवेल ७८ रनमा आउट हुँदै पभिलियन फर्किएका थिए । उनले ४९ बलमा ९ चौका र ३ छक्का प्रहार गरे । यस्तै क्यले जेमिसनले ११, विराट कोहलीले ५ र राजत पडिक्कलले एक रनको योगदान गरे ।

कोलकताको लागि वरुन चक्रवतीले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चेर २ विकेट लिए । यस्तै प्याट कमिङ्स र प्रशिद्व कृष्णको नाममा एक/एक विकेट रह्यो । केही समयमा कलकता जवाफी ब्याटिङमा उत्रिनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *