USAID

त्रिकोणात्मक सिरिजः आज मलेसिया र नेदरल्याण्ड्स भिड्दै


प्रज्जवल थापा । नेपालमा जारी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा आज मलेसिया र नेदरल्याण्ड्स भिड्दै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ः१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यकासाथ मैदान उत्रिनेछन् । शनिबार भएको उद्घाटन खेलमा नेपालसँग ९ विकेटको हार बेहोरेको नेदरल्याण्ड्स आजको खेल जित्दै सिरिजमा पुनरागमन गर्न चाहन्छ । यता प्रतियोगितामा अन्डर डग मानिएको मलिसियापनि आजको खेलमा सकरात्मक नतिजा निकाल्दै सिरिजमा सुखद शुरुवात गर्न चाहन्छ ।

हाल आईसीसी टि–२० वरियतामा नेदरल्याण्ड्स १८ औं र मलेसिया ३१ औं स्थानमा रहेका छन् । वैशाख ११ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल, नेदरल्याण्ड्स र मलेसियाको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि भिड्नेछन् । सिरिजको फाइनल खेल बैशाख ११ गते हुनेछ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *