USAID

नेदरल्याण्ड्सद्वारा नेपाललाई सामान्य लक्ष्य प्रस्तुत


प्रज्जवल थापा । बजाज पल्सर त्रिकोणात्मक सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ३६ रनको सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिविक्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको हो । नेदरल्याण्ड्सको लागि बास डे लेन्डेले सार्वधिक ४१ रन जोडे ।

उनले ४९ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै स्कोट एडवार्डले ३०, सेलारले २३, टोनी स्टालले २० र म्याक्स ओडोडले १० रनको योगदान गरे ।

नेपालको लागि सन्दिप लामिछानेले ४ ओभर बलिङ गर्दै २२ रन खर्चेर २ विकेट लिए । यस्तै सोमपाल कामीले ३ ओभरमा १३ रन दिएर १ विकेट लिँदा शहाब अलामले ४ ओभरमा ४५ रन खर्चिदै १ विकेट लिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *