USAID

‘कोपा डेल रे’को फाइनलमा एथ्लेटिक क्लब र बार्सिलोना भिड्दै


प्रज्जवल थापा । ‘कोपा डेल रे’को फाइनल खेलमा आज एथ्लेटिक क्लब र बार्सिलोना भिड्दैछन् । इस्टेडियो ओलम्पिको डि सेभिल्लामा हुने खेल नेपाली समय अनुसार राति १:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली उपाधि जित्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । गत शनिबार घरेलु लिग ला लिगा अन्तर्गत भएको खेलमा रियल म्याड्रिडसँग २-१ गोल अन्तरले पराजित भएसँगै बार्सिलोनाको १९ खेलको अपराजित यात्रामा पुर्णविराम लागेको थियो । बार्सिलोनाले आफ्नो पछिल्लो ५ खेलमा ३ जित, १ बराबर र १ हारको नतिजा निकालेको छ ।

यता एथ्लेटिक क्लबपनि आजको खेलमा सकारात्मक नतिजा निकाल्दै उपाधि आफ्नो पोल्टामा पार्न चाहन्छ । एथलेटिक क्लबले आफ्नो पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन । दुई टोलीबिच भएको पछिल्लो ३४ खेलमा २१ खेल बार्सिलोनाले जितेको छ भने ६ खेल एथ्लेटिकोले आफ्नो पोल्टामा पारेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *