पारसले त्रिकोणात्मक टि-२० सिरिज गुमाउने

प्रज्जवल थापा । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार ब्याट्सम्यान पारस खड्काले भोलि(शनिबार)बाट घरेलु मैदान सञ्चालन हुने त्रिकोणात्मक टि-२० सिरिज गुमाउने भएका छन् ।

गत आइतबार भएको अभ्यास खेलका क्रममा दायाँ हातको काँधमा चोट लागेर घाइते भएका पारस प्रतियोगिताबाट बाहिरिएका हुन् । चिकित्सकले कम्तिमा २/३ हप्ता आराम गर्न सुझाएका कारण आफूले सिरिज गुमाउने सामाजिक सञ्जालमार्फत पारसले जानकारी दिएका छन् ।

यस्तै आफूले प्रतियोगिता गुमाएपनि नेपाली टोली सिरिज जित्न सक्षम रहेको उनले दाबी गरेका छन् । त्रिवि क्रिकेट मैदानमा भोलिबाट शुरु हुने प्रतियोगितामा नेपाल, मलेसिया र नेदरल्याण्ड्सको सहभागिता रहेको छ । शनिबार हुने उद्घाटन खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्नेछ । प्रतियोगिताको प्रत्यक्ष प्रशारण हिमालयन टेलिभिजनले गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *