प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा आज पन्जाब किङ्स र चेन्नाई सुपर किङ्स भिड्दैछन् । वानखेडे रंगशालामा हुने खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । पहिलो खेलमा राजस्थानलाई पराजित गरेको पन्जाव आजको खेलमापनि त्यही लयलाई निरन्तरता दिन चाहन्छ । यता चेन्नई भने आजको खेल जित्दै प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । चन्नई पहिलो खेलमा दिल्ली क्यालिटल्ससँग ७ विकेटले पराजित भएको थियो ।
पन्जावको सम्भावित ११ः केएल राहुल(कप्तान तथा विकेटकिपर), मयङ्क अग्रवाल, क्रिस गेल, दिपक होडा, निकलोस पोरान, शाहरुख खान, जेय रिचार्डसन, मुरुगान अश्विन, रिले मेरेदिथ, मोहम्मद शामी, अर्शदीप सिंह
चेन्नईको सम्भावित ११ः रुतुराज गैकवाडररोविन उथप्पा, फाफ डु प्लेसिस, मोइन अली, सुरेश रैना, अम्बती रायडु, रविन्द्र जडेजा, महेन्द्र सिंह धोनी(कप्तान तथा विकेटकिपर), साम कुरान, ड्वायन ब्राभो, शार्धुल ठाकुर, दीपक चहार
