किरण चेम्जोङ धनगढी एफसीका ‘आइकोनिक प्लेयर’

प्रज्जवल थापा । नेपाली राष्ट्रिय फूटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ नेपाल सुपर लिग क्लब धनगढी एफसीका ‘आइकोनिक प्लेयर’ को रुपमा अनुबन्धित भएका छन् । क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै किरणलाई आइकोनिक प्लेयरको रूपमा सार्वजनिक गरेको हो ।

यस्तै धनगढीले टोलीको मुख्य प्रशिक्षकमा युगल किशोर राईलाईपनि अनुबन्ध गरेको छ । एएफसी ‘ए’ लाइसेन्स प्राप्त राईले यसअघि झापा ११, ‘बी’ डिभिजन लिगमा बासबारी क्लब र ‘सी’ डिभिजन लिगमा झापा फूटबल क्लबलाई प्रशिक्षण दिईसकेका छन् । धनगढीको ‘मार्की प्लेयर’ को रुपमा मिडफिल्डर विशाल राई रहेका छन् ।

विदेशी लिगमा व्यस्त रहने किरणले ५ वर्षपछि घरेलु फूटबल खेल्न लागेको हुन् । किरणले पछिल्लो समय पंन्जाब एफसीबाट आई लिग खेलिरहेका छन् । अप्रिल ५ मा किरण एफसी इन्टरनेशनल “प्लेयर अफ दि विक” घोषित भएका थिए। नेपालको लागि ६२ खेल खेलिसकेका किरणले सन् २०१६ मा सोलिडारिटी कप र गत महिना घरेलु मैदानमा थ्री नेसन्स कपको उपाधि जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *