आईपिएलमा आज राजस्थान र दिल्ली भिड्दै

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल) क्रिकेटमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दैछन् । मुम्बईमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे शुरु हुनेछ ।

वानखेडे रंगशालामा हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । कप्तान सन्जु साम्सोनको शानदार शतकका बाबजुत पहिलो खेलमा पंन्जावसँग ४ रनको झिनो हार बेहोरेको राजस्थान आजको खेल जित्दै विजयी पथमा फर्किन चाहन्छ । बेन स्टोक्स चोटको कारण पुरा प्रतियोगिताको लागि बाहिरिदा राजस्थानलाई ठुलो घाटा लागेको छ । राजस्थानले दिल्लीविरुद्वको पछिल्लो ५ खेलमा जित निकाल्न सकेको छैन ।

राजस्थानको सम्भावित ११:- जोस बट्लर, मनान बोहोरा, सन्जु सामसन(कप्तान तथा विकेटकिपर), डेभिड मिल्लर, रियान पराग, राहुल टेवाटिया, शिभम डुबे, श्रेयस गोपाल, क्रिस मोरिस, मुस्ताफिजुर रहमान, चेतन साकारिया

यता युवा विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तको कप्तानीमा मैदान उत्रिने दिल्ली भने आफ्नो विजयी लयलाई निरन्तरता दिन चाहन्छ । पहिलो खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गरेको थियो । हाल दिल्ली एक खेलमा दुई अङ्क जोड्दै अङ्कतालिकाको दोस्रो स्थानमा रहेको छ ।

दिल्ली सम्भावित ११:- शिखर धवन, पृथ्वी शह, अजिङ्के रहाणे, ऋशव पन्त(कप्तान तथा विकेटकिपर), मार्कुस स्टोइनिस, शिमरोन हेटमायर, क्रिस वोक्स, रविचन्द्रन अश्विन, टोम कुरान, अमित मिश्रा, अभेश खान

Leave a Reply

Your email address will not be published. Required fields are marked *