युरोपा लिगमा आज चार खेल हुँदै

प्रज्जवल थापा । युईएफए युरोपा लिगमा आज क्वाटरफाइनल अन्तर्गतका चार खेल हुँदै छ । सबै खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ । पहिलो खेलमा म्यानचेष्टर युनाईटेडले ग्रानाडाको सामना गर्दैछ ।

पहिलो लेगमा २-० गोलले नतिजा आफ्नो पक्षमा पारेको युनाइटेडलाई सेमिफाइनल प्रवेशको लागि आजको खेलमा बराबरी नतिजा पर्याप्त रहनेछ । ग्रानाडालाई भने आजको खेलमा कम्तिमा ३-० गोलको जित आवश्यक रहेको छ ।

दोस्रो खेलमा इटालियन क्लब रोमाले आयाक्सको सामना गर्नेछ । आज हुने खेलमा दुवै टोली सकरात्मक नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्य साथ मैदान उत्रिनेछन् । पहिलो लेगमा रोमाले आयाक्सलाई २-१ गोल अन्तरले पराजित गरेको थियो ।

तेस्रो क्वाटरफाइनल खेलमा स्लाभिया प्रागले आर्सनलको सामना गर्नेछ । आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । सेमिफाइनल प्रवेशको लागि आर्सनललाई स्पष्ट जितको आवश्यकता रहेको छ भने प्राग आजको खेलमा गोलरहित बराबरी खेलेपनि अवे गोलको आधारमा सेमिफाइनल प्रवेश गर्नेछ । दुई टोलीबिचको पहिलो लेग १-१ गोलको बराबरीमा सकिएको थियो ।

यस्तै अर्को खेलमा भिल्लारियलले डिनामो जाग्रेबको सामना गर्नेछ । दुई टोलीबिचको पहिलो लेगमा भिल्लारियल १-० गोलले विजयी भएको थियो । सेमिफाइनल प्रवेशको लागि भिल्लारियललाई आजको खेलमा बराबरी पर्याप्त रहनेछ भने जाग्रेबलाई जितको आवश्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *