USAID

आईपिएलमा बैंगलोरको लगातार दोस्रो जित, हैरबाद पराजित

  • 26
    Shares

प्रज्जवल थापा । इन्डियन प्रिमियर लिग(आईपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंगलोरले सनराइजर्स हैरबादलाई ६ रनले पराजित गरेको हो ।

१४४ रनको विजयी लक्ष्य पछ्याएको हैरबादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन मात्र बनाउन सक्यो । हैरबादको लागि कप्तान डेभिड वार्नर र मनिष पाण्डे बाहेक अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । वार्नरले ३७ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५४ जोडे । यस्तै मनिष पाण्डेले ३९ बलमा २ चौका र २ छक्काको मद्दतमा ३८ रन जोड्दा रसिद खानले १७ र जोनि बैर्स्ट्रोले १२ रनको योगदाम गरे ।

बैंगलोरको लागि शहबाज अहमेदले २ ओभर बलिङ गर्दै ७ रन खर्चेर ३ विकेट लिए । यस्तै हर्सल पटेल र मोहम्मद सिराजले २/२ विकेट लिँदा क्यले जेम्मिसनको नाममा एक विकेट रह्यो ।

यसअघि चेन्नईमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४९ रन जोड्दै मध्यम स्कोर खडा गरेको थियो । बैंगलोरको लागि ग्लेन म्याक्सवेलले अर्धसतक पूरा गरे । उनले ४१ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५९ रन जोडे । ओपनर कप्तान विराट कोहलीले २९ बलमा ४ चौकासहित ३३ रन जोडे । यस्तै शहबाज अहमेदले १४, देवदत्त पडिक्कलले ११ र क्यले जेम्मिसनले १२ रनको योगदान गरे ।

हैरबादको लागि जसोन होल्डरले ४ ओभर बलिङ गर्दै ३० रन खर्चेर ३ विकेट लिए । यस्तै रसिद खानले ४ ओभरमा १८ रन दिएर २ विकेट लिँदा भुवनेश्वर कुमार, शहबाज नदिम र नतार्जनले समान १/१ विकेट लिए ।

जितसँगै बैंगलोर २ खेलमा सतप्रतिशत जित निकाल्दै अङ्क तालिकाको शिर्ष स्थानमा रहेको छ । आज हुने खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सको सामना गर्नेछ ।


  • 26
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *