डर्टमण्डलाई हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा

प्रज्जवल थापा । जर्मन क्लब बोरुसिया डर्टमण्डलाई पराजित गर्दै इङ्लिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो लेगमा डर्टमण्डलाई २-१ ले तथा समाग्रमा ४-२ गोलले पराजित गर्दै सिटीले सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

दुई टोलीबिचको पहिलो लेगमा सिटीले २-१ गोलले नतिजा आफ्नो पक्षमा पारेको थियो । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा शुरुवाती अग्रता जोगाउन नसक्दा डर्टमण्ड हार बेहोर्न बाध्य भयो । पहिलो हाफको १५ औं मिनेटमा जुडे बेल्लिन्घामले गोल गर्दै डर्टमण्डलाई शुरुवाती अग्रता दिलाएका थिए ।

५५ औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए । ७५ औं मिनेटमा बर्नाडो सिल्भाको पासमा फिल फोडेनले गोल गर्दै सिटीलाई खेलमा २-१ र समाग्रमा ४-२ गोलको जित दिलाए । अब सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मन(पिएसजी) को सामना गर्नेछ । पिएसजीले क्वाटरफाइनलमा बायर्न म्युनिखलाई अवे गोलको आधारमा पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *