प्युठानमा जिप दुर्घटनामा परी पाँच जनाको मृत्यु

गुल्मी । प्युठानमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक देवीप्रसाद गैरेका अनुसार मृत्यु हुनेमा सुर्य पन्थी, यमलाल पन्थी, ईश्वरी भण्डारी, श्याम न्यौपाने र केशव कार्की छन् ।

गुल्मीबाट प्युठानको स्वर्गद्वारी जाँदै गरेको लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान स्वर्गद्वारी नजिकै दुर्घटना भएको हो । जिपमा जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी सवार थिए । मृतकमध्ये न्यौपाने जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत हुन् । यस्तै, मृतक सुर्य पन्थी कम्प्युटर अपरेटर, यमलाल पन्थी खरिदार हुन् भने केशव कार्की उक्त जिपका चालक रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *