चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा

प्रज्जवल थापा । इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलुु मैदानमा भएको खेलमा पोर्टोसँग १-० गोलले पराजित भएतापनि समाग्रमा २-१ गोलको जित निकाल्दै चेल्सी सेमिफाइनमा प्रवेश गरेको हो ।

दुई टोलीबिच भएको पहिलो लेगमा चेल्सीले २-० गोलको महत्त्वपूर्ण जित निलालेको थियो । मंगलबार राति भएको खेलमा पोर्टोलाई जित दिलाउन मेहदी टारेमीले दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका थिए । तर चेल्सी समाग्रमा २-१ गोलको जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

अब चेल्सीले सेमिफाइनलमा रियल म्याड्रिड र लिभरपुलबिचको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *