बायर्नलाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा

प्रज्जवल थापा । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा पिएसजी जर्मन क्लब बायर्न म्युनिखसँग १-० गोलले पराजित भए पनि समाग्रमा ३-३ गोल भएसँगै अवे गोलको आधारमा सेमिफाइनल प्रवेश गरेको हो ।

दुई टोलीबीच भएको पहिलो लेगमा पिएसजीले बायर्नलाई उसैको मैदानमा ३-२ गोलले पराजित गरेको थियो । मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन इरिक माक्सिम चोउपो मोटिङले गोल गरेपनि सेमिफाइनल प्रवेशको लागि पर्याप्त रहेन । मोटिङले पहिलो हाफको ४० औं मिनेटमा गोल गर्दै बायर्नलाई खेलमा १-० र समाग्रमा ३-३ को अवस्थामा ल्याएका थिए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा बायर्न अवे गोलको आधारमा पराजित हुँदै क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *