सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर राखिएकोप्रति प्रधानमन्त्री किन मौन ?

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर–झण्डा राखिएकोप्रति प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।

सोमबार ट्वीट गर्दै रावलले ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएकोमा अहिले फेरि त्यही ब्यानर प्रयोग गर्दा प्रधानमन्त्री मौन बसेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले लेखेका छन्, ‘सीके राउतसँगको सम्झौतामा दुई देशबीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ । जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो । तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर–झण्डा राखिएको प्रति प्रधानमन्त्री केपी किन मौन ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *