हिन्दू धर्ममाथि बाह्य दबाब र प्रभाव बढ्योः पूर्वराजा शाह

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा हिन्दू धर्ममाथि बाह्य दबाब र प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । हरिद्वारमा सुरु भएको कुम्भ मेलामा आइतबार सम्बोधन गर्दै पूर्वराजा शाहले हिन्दू धर्मको सभ्यता र संस्कृतिका अनेक आदर्शहरु विश्वकै मानवीय आदर्शहरुलाई डोर्याउने खालको भएकाले हामी संवदेनशील हुनुपर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘हाम्रो हिन्दू सभ्यता, हाम्रो हिन्दूत्व र हाम्रो सनातनिक आर्य संस्कृति, अनि हाम्रा वेद उपनिषद्, पुराण आदि अनेकौँ ग्रन्थ शास्त्र सबै सबै नै महत्वपूर्ण छन्– तिनको मननीय स्थान, हाम्रा विधि व्यवहार, जीवन पद्धति, आचरण र अनुशीलन आफैँमा गहन छन्।’

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *