एल क्लासिको: पहिलो हाफमा रियल म्याड्रिडलाई दुई गोलको अग्रता

प्रज्जवल थापा । ‘एल क्लासिको’ मा रियल म्याड्रिडले शानदार शुरुवात गरेको छ । अल्फ्रेडो डि स्टेफेनोमा जारी खेलको पहिलो हाफको समाप्तीमा म्याड्रिडले बार्सिलोनाविरुद्व २-० गोलको अग्रता लिएको छ ।

रियल म्याड्रिडको लागि करिम बेन्जिमा र टोनी क्रुसले एक/एक गोल गरे । १३ औं मिनेटमा लुकासको पासमा करिम बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । २८ औं मिनेटमा टोनी क्रुसले फ्रिकिकमा सुन्दर गोल गर्दै रियल म्याड्रिको अग्रता दोब्बर बनाए ।

पहिलो हाफको अतिरिक्त समयमा मेस्सीको क्रनर प्रहार पोस्टमा लागेर फर्किदा बार्सिलोनाले खेलमा फर्किने मौका गुमाएको थियो । लगत्तै डेम्बेलेको कर्नरमा मेस्सीले गरेको प्रहार रियल म्याड्रिडका गोलरक्षक कर्टियसले बचाए । दुई टोलीबिचको दोस्रो हाफ केहिबेरमा शुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *