अफगानिस्तानमा सुरक्षाकर्मीसँगको भिडन्तमा तीन सैनिक र २० लडाकूको मृत्यु

अफगानिस्तानमा थप २० जना तालिवान लडाकू र तीन सुरक्षाकर्मी मारिएका छन् । सरकारी सुरक्षाकर्मीहरुले चलाएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

देशको उत्तरी क्षेत्रमा पर्ने बडाख्शान प्रान्तमा बिहीबार राति घटना भएको हो । “हतियारधारी विद्रोही लडाकूहरुले शुहादा, जुर्म र वार्दोज जिल्लामा रहेका सुरक्षाचौकीमा बिहीबार मध्यरातमा आक्रमण गरेका थिए,” एक सुरक्षा अधिकारीले भने ।

लडाकूहरुले आक्रमण गरेपछि सुरक्षाकर्मीहरुले पनि प्रत्याक्रमण गरेको र केही समय भिडन्त भएकाले दुवै तर्फ क्षति भएको उनीहरुको भनाई छ । देशको पहाडी क्षेत्रमा भएको घटनामा परी अरु १० लडाकू र पाँच सैनिकहरु घाइते भएका अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *