USAID

एमबाप्पेको दुई गोलमा बार्यनमाथि पिएसजीको शानदार जित

  • 966
    Shares

प्रज्जवल थापा । फ्रान्सेली फर्वार्ड केलियन एमबाप्पेको दुई गोलको मद्दतमा पेरिस सेन्ट जर्मन(पिएसजी) ले युईएफए च्याम्पियन्स लिगमा शानदार जित निकालेको छ । गएराति भएको क्वाटरफाइनलको पहिलो लेगमा पिएसजीले जर्मन क्लब बार्यन म्युनिखलाई ३-२ गोलले पराजित गरेको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा पिएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई र मार्क्विन्होसले एक गोल गरे । बार्यनको लागि इरिक माक्सिम चोउपो-मोटिङ र थोमस मुलरले एक/एक गरेपनि टोलीको हार टार्न सकेनन् । खेलको तेस्रो मिनेटमै नेयमारको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई खेलमा अगाडि बढाएका थिए । २८ औं मिनेटमा नेयमारको पासमा मार्क्विन्होसले गोल गर्दै पाहुनालाई २-० गोलको अग्रता दिलाए ।

३७ औं मिनेटमा पभार्डको पासमा चोउपो मोटिङले गोल गर्दै बार्यनलाई २-१ गोलको स्थितिमा ल्याए । ६० औं मिनेटमा जोसुवा किमिचको पासमा थोमस मुलरले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा ल्याएका थिए । तर ६८ औं मिनेटमा एन्जल डि मारियाको पासमा एमबाप्पेले गोल गर्दै पिएसजीलाई ३-२ गोलको जित दिलाए ।

जितसँगै पिएसजीले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबिचको दोस्रो लेग अप्रिल १३ मा पिएसजीको घरेलु मैदानमा हुनेछ ।


  • 966
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *