प्रज्जवल थापा । इटालियन लिग सिरि ए मा आज नेपोलीले युभेन्टसलाई आफ्नो चुनौती पेश गर्दै छ । एल्लिनाज रंगशालामा हुने खेल नेपाली समय अनुसार राति १०:३० बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । युभेन्टसले लिगको पछिल्लो २ खेलमा जित निकाल्न सकेको छैन । आजको खेल जित्दै युभेन्टसलाई शिर्ष स्थानमा रहेको इन्टर मिलनसँग अङ्क दुरी घटाउने अवसर रहेको छ । हाल युभेन्टस २८ खेलमा ५६ अङ्क जोड्दै लिगको चौथो स्थानमा रहेको छ । जुन शिर्ष स्थानको इन्टर मिलनको भन्दा १२ अङ्क कम हो ।

यता नेपोलीपनि आजको खेल जित्दै तेस्रो स्थानमा उक्लिने दाउमा रहेको छ । हाल नेपोली २८ खेलमा ५६ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा रहेको छ । नेपोलीले आफ्नो पछिल्लो ४ खेलमा सतप्रतिशत जित निकालेको छ । त्यसैले नेपोली आज हुने खेलमापनि त्यही लयलाई निरन्तरता दिने लक्ष्यसाथ मैदान उत्रिनेछ ।
दुई टोलीबिच भएको पछिल्लो २८ भेटमा १४ खेल युभेन्टसले जितेको छ भने १० खेल नेपोलीले आफ्नो पोल्टामा पारेको थियो ।
