प्रज्जवल थापा । स्पेनिस लिग ला लिगामा रियल म्याड्रिड विजयी भएको छ । शनिबार बेलुकी घरेलु मैदानमा भएको खेलमा म्याड्रिडले इबारलाई २-० गोलले पराजित गरेको हो ।
अल्फ्रेडो डि स्टेफेनोमा भएको खेलमा म्याड्रिडलाई जित दिलाउन मार्को एसेन्सियो र करिम बेन्जिमाले एक/एक गोल गरे । खेलको ४१ औं मिनेटमा केसिमिरोको पासमा मार्को एसेन्सियोले गोल गर्दै म्याड्रिडलाई खेलमा अगाडि बढाएका थिए । ७३ औं मिनेटमा भिनिसियस जुनियरको पासमा करिम बेन्जिमाले गोल गर्दै म्याड्रिडलाई २-० गोलको सहज जित दिलाए ।
जितसँगै म्याड्रिड २९ खेलमा ६३ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको एथ्लेटिको म्याड्रिड ६६ अङ्को साथ लिगको शिर्ष स्थानमा छ ।
