एमाले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई पार्टी सदस्यबाट निलम्बन गर्ने ओलीको निर्णय

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष डा. भीम रावललाई पार्टी सदस्यबाट निलम्बन गरेका छन् ।

पार्टी अध्यक्ष ओलीले पार्टीले सोधेको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट नै निलम्बन गरेका हुन् । निलम्बनको पत्र पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुबै नेतालाई पठाइसकेका छन् ।

पत्रमा वरिष्ठ नेता नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न आग्रह गरिएको छ । पार्टीले सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने व्यहोरासमेत पत्रमा उल्लेख गरिएको छ ।

यसअघि ओलीले पठाएको स्पष्टीकरणको जवाफमा वरिष्ठ नेता नेपालले पार्टी एकताले ओलीलाई प्रचण्डको मतियारको रूपमा उभ्याएको बताएका थिए । जवाफमा नेपालले भनेका छन्, ‘यदि तपाईको जस्तो दृष्टिकोण राख्ने हो भने पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा तपाईले पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गर्नुभएका सम्झौता, निरन्तर गर्ने गरेको गोप्य बैठक र सहकार्यको आधारमा तपाई नै उहाँको सबभन्दा ठूलो ‘मतियार’ हो भन्न सकिन्न र ? तर यस्तो दृष्टिकोण ममा छैन ।’

ओलीलाई माधव नेपालको जवाफः प्रचण्डको सबैभन्दा ठूलो तपाईंनै हो ‘मतियार’ (पूर्णपाठसहित)  

 

यस्तो छ ओलीलाई भीम रावलको जवाफ(पूर्णपाठसहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *