चिनियाँ अनुदानकाे ८ लाख खाेप काठमाडौँ आइपुग्यो (फाेटाे भिडियाेसहित)

काठमाडौँ । चीनले अनुदानस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप कोभ्याक्सको ८ लाख मात्रा काठमाडौँ आइपुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि चिनियाँ राजदूत हौ यान छिले उक्त खोप स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी हुन् । चीनले नेपालका लागि दिएको भेरो सेल नामकाे खाेप सिनोभ्याक बायोटेक लिमिटेडले उत्पादन गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सम्पन्न खोप हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले चिनियाँ अनुदानबाट प्राप्त खोपले महामारीविरुद्धको लडाइँमा थप सहयोग पुग्ने बताए । मित्र बदल्न सक्छौँ, छिमेकी बदल्न सक्दैनौँ भन्दै मन्त्री त्रिपाठीले मित्रराष्ट्र चीनले देखाएको सदासयताको लागि धन्यवाद दिँदै त्यसलाई नेपाल चीन मित्रताको उदाहरण भएको उल्लेख गरेका छन् ।

भिडियाे साैजन्यः चाङ्ग युए (वर्षा), चाइना मिडिया ग्रुप

तस्वीरः चिनियाँ राजदूताबास, काठमाडाैँ

याे पनि पढ्नुहाेस्,

स्वास्थ्य सामग्री लिन बेइजिङ उड्यो निगमको वाइडबडी, सोमबार बिहान काठमाडौं फर्किने

Leave a Reply

Your email address will not be published. Required fields are marked *