भारतीय सेनाले नेपाली सेनालाई दिने एक लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप दिने भएको छ ।

कोरोना महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई उपलब्ध हुने एक लाख डोज खोप आइतबार साँझ काठमाडौं आइपुगेको हो । एयर इन्डियाको विमानमार्फत खोप काठमाडौं ल्याइएको हो ।

खोपको औपचारिक हस्तान्तरण केही दिनमा हुने नेपाली सेनाले जनाएको छ । भारतले नेपाललाई अनुदानमा दश लाख डोज उपलब्ध गराइसकेको छ भने सरकारले २० लाख डोज खरिद गरिसकेको छ । २० लाख मध्ये दश लाख डोज नेपाल आइसकेको छ भने बाँकी दश लाख डोज अप्रिल पहिलो साता आउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *