७२ करोडमा कालोपत्रे गरेको सडकः एक वर्ष नपुग्दै सयौँ खाल्डा

दोलखा । सरकारले ७२ करोड रुपियाँ खर्चेर कालोपत्रै गरेको दोलखा–सिँगटी सडक एक वर्ष नहुँदै भत्किएको छ । सडक विभागले २०७३ साल असोजमा ३५ किलोमिटर लामो यो सडक कालोपत्रे गर्न ठेक्का लगाएको थियो ।

सडक निर्माण ठेक्का पाएको स्वच्छन्द निर्माण सेवाले गत वर्ष कालोपत्रे गरेर डिभिजन कार्यालय चरिकोटलाई हस्तान्तरण गरेको थियो । तर हस्तान्तरणको वर्षदिन नपुग्दै सडकको कालोपत्रे तहसनहस हुने गरी भत्किएको छ ।

यो सडकले जिल्ला उत्तरी भूभागलाई सदरमुकामसँग जोड्छ । अहिलो कालोपत्रे गरिएका प्रायः सबै मोडमा खाल्डा परेका छन् । दोलखा बजारदेखि सिंगटीसम्मका एक सयभन्दा बढी ठाउँमा ठूलासाना खाल्डा परेका छन् ।

एकाध वर्षमै सडक भत्किएपछि यसको गुणस्तरबारे आशंका उब्जेको छ । स्थानीय बासिन्दाका अनुसार सडक यही गतिमा भत्कँदै गए ६ महिनामै कतै पनि कालोपत्रे बाँकी नरहने समाचार नागरिक दैनिकमा समाचार छापिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *