म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार रिहा

म्यान्मारमा पक्राउ परेका बीबीसीका पत्रकार आङ थुरा रिहा भएका छन्। गत शुक्रवार राजधानीस्थित एउटा अदालतबाहिर समाचार सङ्कलन गरिरहँदा सादा पोसाकमा आएका व्यक्तिले थुरालाई नियन्त्रणमा लिएका थिए।

उनी सोमबार चौथो दिन रिहा भएका हुन्।गत माघ १९ मा सैनिक कू भएपछि म्यान्मारमा ४० पत्रकार पक्राउ परिसकेका छन्। सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ। थुरा गत शुक्रवार मिजिमा नामक सञ्चारमाध्यममा कार्यरत पत्रकार थान टिक आङसँगै पक्राउ परेका थिए।

मिजिमाको अनुमति फागुन महिनामा सरकारले खारेज गरेको थियो। पक्राउ परेपछि उनीसँग बीबीसीको सम्पर्क हुन सकेको थिएन।
बीबीसीले सोमवार उनी मुक्त भएको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *