ब्रिटिश सैनिकको सङ्ख्या १० हजार घटाइने

ब्रिटिश सेनामा नियमित सैनिकको सङ्ख्या १० हजार जतिले घटाएर रोबट, ड्रोन र साइबरयुद्धमा थप ध्यान केन्द्रित गरिने अपेक्षा गरिएको छ । अहिले हुन लागेको रक्षा समीक्षापछि ट्याङ्क र विमानको सङ्ख्या घट्न सक्छ ।

तर सरकारले ‘पानीजहाज, पनडुब्बी (सबमरीन) र जलसैनिक’ को सङ्ख्या बढाइने बताएको छ । अब सैनिकहरूको कुल सङ्ख्या घटेर ७० हजार जतिमा सीमित हुनेछ । केही वर्षदेखि सेनाको आकार क्रमशः घटाउँदै लगिएको छ ।

ब्रिटिश रक्षामन्त्री बेन वालेसले वेलायतको तल्लो सदन हाउस अफ कमन्समा यसबारे बोल्नेछन् । आइतवार बीबीसी वनको एन्ड्रू मार शोमा रक्षामन्त्री वालेसले रक्षाखर्च बढेको सन्दर्भमा आफूले केही निर्णय गर्न लागेको बताएका थिए ।

तर लेबर पार्टीले यूकेले थप जोखिम बेहोरहेको बेलामा सैन्य सङ्ख्या घटाउन लागिएको भन्दै आपत्ति प्रकट गरेको छ । ब्रिटिश सेनामा अक्टोबर २०१५ मा नियमित सैनिकको सङ्ख्या ८६,०८० थियो । ज्यानुअरी २०२१ सम्म आइपुग्दा त्यो सङ्ख्या ८०,०१० पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *