माधव नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने ओली पक्षको केन्द्रीय कमिटी बैठकको निर्णय

काठमाडौँ । नेकपा एमालेको केपी ओली पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, डा. भीम रावल, सुरेन्द्र पाण्डे, र  घनश्याम भूसाललाई स्पष्टीकरण सोध्ने र चितबुझ्दो जवाफ नआए कारबाही गर्ने निर्णय गरेको हो ।

आजै संसदीय दलको विधान संशोधनको सिफारिस संसदीय दलको बैठकबाट पारित गरिएको थियो । विधानमा दलको नेताले दल, पार्टी र देशविरुद्ध गतिविधि कुनै सदस्यले गरेको दलको नेतालाई लागेमा स्पष्टीकरण सोध्नसक्ने अधिकार दिइएको थियो । उक्त व्यवस्थासहितको विधान शनिबार नै केन्द्रीय कमिटीबाट पनि पारित भएको थियो । सोही विधानअनुसार पाँच नेतालाई स्पष्टीकरण सोध्ने निर्णय लिइएको हो ।

बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले ती नेताहरुलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए कारबाही हुने बताएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *