धुर्मुस-सुन्तलीको ‘ओ मेरो परान’

हाँस्य कलाकारद्वय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘ओ मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ । लोकराज अधिकारीको शब्द, राजेन्द्र बजगाँइको संगीत, रचना रिमाल र भक्त प्रधानको स्वर रहेको गीत शुक्रबार सार्वजनिक गरिएको हो ।

यो ‘म त मर्छु कि क्या हो’ नामक वेव फिल्ममा समावेश गीत हो । यो वेव फिल्म एक महिना भित्र विभिन्न ओटीटी प्लेटफर्मबाट रिलिज हुने निर्मात्री कुञ्जना घिमिरेले जानकारी दिइन् । धुर्मुस–सुन्तलीको निर्देशनमा बनेको वेव फिल्म २ घन्टा भन्दा लामो छ ।

टेकेन्द्र शाहको सम्पादन रहेको यो फिल्ममा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । सार्वजनिक गीतको भिडियोमा सिताराम कट्टेल, कुञ्जना घिमिरे र सुशीला थापाको अभिनय छ । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको समेत अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *