USAID

मासा युनाइटेडको जितमा अनिताको दुई गोल


प्रज्जवल थापा । नेपाली राष्ट्रिय महिला फूटबल टोलीकी स्ट्राइकर अनिता केसीको दुई गोलको सहयोगमा मासा युनाइटेडले पाकिस्तान नेस्नल वुमेन्स फूटबल च्याम्पियनसिपमा सहज जित निकालेको छ । शनिबार दिउँसो सम्पन खेलमा मासा युनाइटेडले हाइयर एजुकेसन कमिसनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

मासालाई जित दिलाउन अनिता केसीले दुई गोल गर्दा शरु लिम्बू र साम्रोज सम्रिनाले एक/एक गोल गरे । छैटौं मिनेटमा शरुको पासमा अनिताले गोल गर्दै मासालाई खेलमा अगाडि बढाएकी थिइन् । पहिलो हाफमा एक गोल गरेको मासाले दोस्रो हाफमा थप तीन गोल गर्यो । ५८ औं मिनेटमा अनिताले मैदानको मध्य भागबाट बल एक्लै अगाडि बढाउदै गरेको प्रहारलाई विपक्षी गोलरक्षकले राम्रोसँग बचाउन नसकेको बलमा साम्रोज सम्रिनाले गोल गर्दै मासाको अग्रता दोब्बर बनाइन् ।

७८ औं मिनेटमा शरुकै पासमा अनिताले व्यक्तिगत दोस्रो गोल गरेपछि मासा युनाइटेड सहज जिततर्फ अगाडि बढेको थियो । यस्तै ८२ औं मिनेटमा शरु लिम्बुले गोल गर्दै मासा युनाइटेडलाई ४-० गोलको सहज जित दिलाइन् । यससँगै समूह ‘बी’ मा रहेको मासाले लिगमा लगातार दोस्रो खेलमा जित हात पारेको छ ।

तस्बिर:- पाकिस्तान फूटबल


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *