USAID

केपी ओलीले कसैको पद र जिम्मेवारी खोस्न सक्दैनन्ः माधव नेपाल

  • 1.5K
    Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघको राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले हालै भएको राष्ट्रिय भेलामा पनि आफूहरुले पार्टी फुटाउने कुरा नगरेको बताए ।

आफूहरु सधैं पार्टी एकताको पक्षमा रहेको र अदालतको फैसला अनुसार पुरानै स्थितिमा फर्कनु परेपछि २०७५ जेठ २ गतेको अवस्थामा पार्टीका संबै संरचनालाई यथावत सक्रिय पार्न सहमत भएपनि अध्यक्ष केपी ओली त्यसमा तयार नहुँदा समस्या देखिएको स्पष्ट पारे ।

राष्ट्रिय कार्यकर्ता भेलामा सहभाीलाई कारबाही गर्ने अध्यक्षले चेतावनी दिए पनि कसैको पद र जिम्मेवारी अध्यक्षले खोस्न नसक्ने भन्दै कार्यकर्ताहरुलाई धैर्यता र हिम्मतका साथ पार्टी एकताको पक्षमा उभिन निर्देशन दिए ।

उनले भने, ‘पूर्वएमालेको ठाउँमा फर्किऔं । कार्यकर्ता भेलामा भनेको कुरा के हो भने  हामी पार्टी फुटाउने होइन । पार्टी एकतावद्ध बनाएर लैजाने हो । २०७५ साल जेठ ३ गते दुईवटा पार्टी एकतावद्ध भए । एकतावद्ध हुनुभन्दा पहिले जेठ २ गते सम्म जुनजुन संरचना थिए । जो जो पदाधिकारी, सदस्य थिए । ती सबैलाई यथावत रुपमा जिम्मा दिनुपर्छ । पार्टी एकतावद्ध भएर अघि बढाउनुपर्छ । तपाईहरु एमाले पार्टीको हुन्जेल कसैले तपाईको पद खोस्न सक्तैन ।’

नेता नेपालले सांसदहरुको सवालमा के कस्तो हुनसक्छ भनेर आफूहरुले परामर्श गरिरहेकाले नआत्तिईकन कम्युनिष्ट एकताको आन्दोलनमा लाग्न निर्देशन दिए ।

 

 


  • 1.5K
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *