मोफसलका नायक अमिर श्रेष्ठ बुटवल लुम्बिनीमा आबद्ध

प्रज्जवल थापा । हाल मोफसल फूटबलमा तहल्का मच्चाइरहेका मकवानपुरका अमिर श्रेष्ठ नेपाल सुपर लिग(एनएसएल)को फ्रेन्चाइच टिम बुटवल लुम्बिनी फूटबल क्लबमा आबद्ध भएका छन् । शुक्रबार काठमाडौंमा भएको अक्सनमा लुम्बिनीले अमिरलाई १ लाख २० हजार रुपैयाँमा किनेको हो ।

अक्सनमा ‘बी’ श्रेणीमा रहेका मकवानपुरका अमिरमाथि विराटनगर सिटी फूटबल क्लब, काठमाडौं रेजर्स, एफसी चितवन, पोखरा थण्डर्स र बुटवल लुम्बिनी फूटबल क्लबले एक लाख २० हजारको बोली लगाएपछि गोला प्रथाका आधारमा बुटवल लुम्बिनी भाग्यमानी बनेको हो ।

मकवानपुरमा जारी स्थानीय तह शहिद स्मृति तेस्रो मकवानपुर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा मकवानपुरले मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलले पराजित गरेको खेलमा अमिर श्रेष्ठले दुई गोल गरेका थिए ।

यस्तै मंगलबार नेपालगन्जमा अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भइरहेको एन्फा प्रेसिडेन्ट लिगमा अमिरको चार गोलको सहयोगमा धादिङले लेकाकी क्लबलाई ९-१ ले पराजित गरेको थियो ।

यस्तै मकवानपुरकै फर्वार्ड रन्जन विष्टलाई ललितपुर सिटी फूटबल क्लबले ५० हजार रुपैयाँमा किनेको छ । ललितपुरको मार्की खेलाडीको रुपमा रन्जनका भाइ अन्जन विष्ट रहेका छन् ।

तस्बिरः गोलनेपाल डट कम

Leave a Reply

Your email address will not be published. Required fields are marked *